काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्थाले दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । लघुवित्तले भाद्र ३० र ३१ गते भिजन अनावरण गर्दैस् गुणस्तर आश्वासनको साथ एक परिवर्तनकारी यात्रा तिलोत्तमा रूपन्देहीमा राष्ट्रियस्तरको सम्मेलन गरि संस्थाको दीर्घकालीन परिकल्पना पारित गरेको हो ।
सम्मेलनमा संस्थाको सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरू, उच्च व्यवस्थापन, विभागीय प्रमुख, अनुगमन प्रमुख तथा देशभरीकै २३६ वटा शाखाका शाखा प्रबन्धकको उपस्थिति रहेको थियो । सम्मेलनको समुद्घाटन संस्थाका अध्यक्ष श्री लोक राज शर्माले गरेका थिए । कार्यक्रमको समुद्घाटन गर्दै संस्थाका अध्यक्ष लोकराज शर्माले मर्जर पश्चात संस्था देशकै ठूलो लघुवित्त संस्थाहरू मध्येको एक बन्न पुगेको र आगामी दिनमा संस्था देशकै पृथक, अग्रणी एवं अब्बल संस्था बन्ने विश्वास व्यक्त गरेका छन् ।

भिजन अनावरण गर्दै: गुणस्तर आश्वासनको साथ एक परिवर्तनकारी यात्रा नामाकरण गरिएको सम्मेलनमा संस्थाका व्यवसायका बिभिन्न सूचकहरूमा उत्कृष्ट कार्य सम्पादन गर्ने ३४ जना कर्मचारीहरूलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको आगामी यात्राको भिजन पेपर प्रस्तुतिकरण गरेका थिए । साविकको किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र साविकको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट अषार २७ गतेदेखि एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको थियो ।मर्जरपछि साविकका संस्थाहरूमा कार्यरत कर्मचारीहरू बीच एकआपसमा चिनजान एवं घुलमिल गराउन, कर्मचारीको हौसला बढाउन, काम गर्ने तौर गरिकामा एकरूपता कायम गर्दै द्विविधाहरूलाई समाधान गर्न र साविकका दुई संस्थाको संस्थागत संस्कृतिलाई मिश्रण गर्ने उद्देश्यले उक्त वृहत सम्मेलनको आयोजना गरिएको थियो ।

सम्मेलनमा २५ बुँदे प्रतिवद्धता पत्र जारी गरिएको थियो । उक्त कार्यक्रम संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काले सञ्चालन गरेका थिए । कम्पनीको चुक्ता पुँजी रु ६२ करोड ८३ लाख ५७ हजार पुगेको छ भने निकट भविष्यमा नै रु ११ करोड ४९ लाख ९८ हजार बराबरको थप सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
सो पश्चात कम्पनीको चुक्ता पुँजी रु ७४ करोड ३३ लाख ५५ हजार पुग्नेछ । लम्कीचुहा नगरपालिका वडा नं ४, बलिया, कैलालीमा केन्द्रीय कार्यालय रहेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानीलकण्ठ, काठमाडौँमा रहेको छ । हाल कम्पनीले २३६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा २ लाख १६ हजार ग्राहकहरू आवद्ध भई ८० हजार भन्दा बढीले प्रत्यक्ष रुपमा कर्जा उपभोग गरी लााभन्वित भएका छन । संस्थाको लगानीमा रहिरहेको कर्जा रु करीब १२ अर्ब र बचत परिचालन करीब रु ४ अर्ब रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्