Skip to content
LAXMI SUNRISE BANK

ललितपुरमा भेटियो नक्कली नेपाली नोट बनाउने कारखाना, १ हजार दरका ११५ थान नक्कली नोटसहित संचालक पक्राउ

अर्थ सरोकार

काठमाडौं । ललितपुरमा नक्कली नेपाली नोट बनाउने कारखाना भेटिएको छ । ललितपुर महानगरपालिका वडा नं. ८ सौगलमा नक्कली नेपाली नोट बनाउने कारखाना भेटिएको हो ।

सौगलमा कोठा भाडामा लिएर नक्कली नोट बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भई भक्तपुर बस्दै आएका रमेश रोक्का रहेका छन् ।

उनले सौगलमा कोठा भाडामा लिएर नेपाली नक्कली नोट बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको प्रहरीले जनाएको छ । रोक्काको साथबाट प्रहरीले १ हजार दरका ११५ थान नक्कली नेपाली नोटसमेत बरामद गरेको हो ।

हाल उनीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK