काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘मिट द सिइओ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको हो ।
गण्डकी प्रदेशबाट योग्य भएका करिब ३५ जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गरेका थिए । साथै, स्किममा व्यवस्था भए अनुरूप अर्ली क्वालिफाइड विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा गण्डकी प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् । साथै, यो कार्यक्रम मधेश प्रदेशबाट शुरु गरिएको र छिट्टै नै अन्य प्रदेशहरूमा पनि यस्ता कार्यक्रमहरू गर्ने जानकारी दिएका छन् ।
उक्त कार्यक्रम समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम जारी गरेको र नेपालभर बाट यस स्किममा तीन सय भन्दा बढि अभिकर्ताहरू छनौट हुन भएकामा गण्डकी प्रदेशबाट मात्रै ३५ जना अभिकर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा जोडिएका हरेक पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्