काठमाडौँ । ठमेल प्लाजा होटल एण्ड सुइटसले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अङ्कित दरका १० लाख कित्ता साधारण सेयरको लागि निष्कासन गर्ने भएको हो ।
कम्पनीले सो कार्य गर्नका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटसको तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्