×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाहकार ल्याउँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाहकार ल्याउँदै

Artha Sarokar

१० आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।

दीगो युटिलिटि-स्केल सौर्य र कृषि परियोजनाहरूको विकासकोलागी प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य उर्जा सगँ आवद्व ग्राहकहरूलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादन भएको उर्जा कृषी तथा अन्य क्षेत्रमा दीगो रुपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको छ ।

त्यसैगरी, बैंकले जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्याङ्कनहरू कार्यान्वयन गरी जिम्मेबार बैंक बन्ने अभिप्रायका साथ अघी बढेको छ । बैंकले निकट भविष्यमा आफुले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ । जुन आयोजनाहरूले स्थानीय समुदाय र उनीहरुको वसोवास्थलको स्थर उन्नती सुनिश्चित गर्दछ ।

एनएमबि बैंकको यी पहलहरुले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी