×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

Artha Sarokar

१६ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं.८ कालोपुल बस्ने सुमन तामाङ भनिने मिङमार तामाङ र टोखा नगरपालिका वडा नं.  १० बस्ने ६३ वर्षीय बल बहादुर सुनार रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले आफु प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको प्रहरी निरीक्षक हुँ भन्दै एक तोला सुनको सिक्री र ६७ हजार रुपैयाँ लिई फरार भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, उनीहरुले ठगी तथा लुटपाट गर्ने कार्यमा प्रयोग गर्ने गरेको २२० सिसिको पल्सर मोटरसाईकल समेत चोरीको भन्ने खुल्न आएकोले सो सम्बन्धमा समेत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी