×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठग्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठग्ने तीन जना पक्राउ

Artha Sarokar

३१ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय त्रिलोक कुमार यादव, २५ वर्षीय राम प्रसाद रिजाल र २० वर्षीय सुजन स्याङबो रहेका छन् ।

उनीहरुले कम्बोडिया, मलेसिया, दुबई लगायतका देशमा पठाउने भन्दै कुल ६ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये त्रिलोक कुमार यादवले तीन जनाबाट तीन लाख रुपैयाँ, राम प्रसाद रिजालले तीन जनाबाट २ लाख ४० हजार र सुजन स्याङबोले एक जनाबाट एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  हाल उनीहरुलाई थप अनुसन्धान तथा अवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी