काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार पठाईदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका वडा नं. ०६ घर भई काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं. १५ बस्ने ३१ वर्षीय खालिक खान रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज ९ गते चन्द्रागिरी नगरपालिका वडा नं. १५ तीनथानाबाट पक्राउ गरेको हो ।
खानले आकर्षक तलबको प्रलोभनमा पारेर ८० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।