काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ८औँ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।
कम्पनीले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बिमितहरू, कम्पनीको पहुँचलाई दूर दराजसम्म पुर्याउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजर नियमनकारी निकायहरू, लगानीकर्ता, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरू, पत्रकार, लगायत समस्त सरोकारवालाहरूलाई हार्दिक आभार व्यक्त गरेको हो ।
भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ कम्पनीले समस्त स्टेकहोल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा गरेको छ । आगामी दिनमा कम्पनीले सेवा उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरूका विभिन्न कार्यक्रमहरू गरी सातौँ वार्षिकउत्सव भव्यताका साथ सम्पन्न गरेको हो ।
दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूका रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाद्वारा विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू, वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ कार्यक्रम गरेर मनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्