काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच भदौ २३ गते सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इनटरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
सहमति अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई ५ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम मध्ये रु २.५ लाख शौचालय निर्माणको लागि र बाँकी रकम संस्थाको विभिन्न रोटरी क्लबहरू मार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कूलहरुमा सञ्चालन हुने टिच कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकासको विभिन्न क्षेत्रमा योगदान दिन सदैव तत्पर रहेको बताए । साथै ‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत आधारभूत शिक्षा पनि नपाएका बर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरू, ५० हजारभन्दा बढी अभिकर्ताहरू तथा १८ वटा योजनाहरू मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्