काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र सेयर कारोबारमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । कार्यालय समयमा कामै छाडेर सरकारी कर्मचारी सेयर कारोबारमा लागेको उजुरी परेपछि अख्तियारले सिंहदरबारभित्र सेयर कारोबारमा रोक लगाउने तयारी गरेको हो ।
अख्तियारका एक उच्च अधिकारीका अनुसार सिंहदरबारभित्र सेयर किनबेचका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) बन्द गर्नेगरी तयारी अघि बढिसकेको छ ।
‘सिंहदरबारभित्र सरकारी कर्मचारीहरु काम गर्नै छोडेर सेयर कारोबारमा व्यस्त हुनेगरेको उजुरी परेको थियो ।’, ती अधिकारीले भने, ‘सोही उजुरीका आधारमा बुझ्दा अधिकांश सरकारी कर्मचारी कार्यालय समयमा सेयर किनबेचमा व्यस्त हुने गरेको पाइयो, जसले गर्दा सरकारी कामसमेत प्रभावित भएको छ । त्यसैले कार्यालयभित्र टिएमएस प्रतिबन्ध लगाउनेगरी तयारी गरेका छौँ ।’
ती अधिकारीका अनुसार सम्भवतः अबको एकदुई दिनमै अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सिंहदरबारमा सेयर किनबेचमा रोक लगाउन पत्राचार गर्नेछ ।
यसो त सरकारले यसअघि पनि कार्यालय समयमा सरकारी कर्मचारी सेयर कारोबारमा व्यस्त हुँदा सेवा तथा काम प्रभावित भएको भन्दै सरकारी कार्यालयमा सेयर कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । तर, उक्त प्रतिबन्धका बाबजुत पनि सरकारी कार्यालयमा सेयर किनबेच अघोषित रुपमा खुलेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्