×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरी मनायो १५औं वार्षिकोत्सव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम गरी मनायो १५औं वार्षिकोत्सव

Artha Sarokar

२५ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  सिन्धु विकास बैंकले विभिन्न कार्यक्रम आयोजना गरी १५औं वार्षिकउत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा कर्पोरेट कार्यालय बनेपामा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त खुला रक्तदान कार्यक्रममा करिब ५० रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बनेपा बजार आसपासका स्थानीय वासिन्दा, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैंक तथा बित्तीय संस्था एवं संघ संस्थाका प्रतिनिधिहरु लगायत बैंकका उच्च कर्मचारीहरुको उपस्थिति थियो ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैंकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागि सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैंकिङ, क्रेडिट डेबिट कार्ड, लगायत सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी