×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेस्ला एयर कण्डिसनले ल्यायो ‘पिक एण्ड ड्रप’को सुविधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टेस्ला एयर कण्डिसनले ल्यायो ‘पिक एण्ड ड्रप’को सुविधा

Artha Sarokar

३१ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशै तिहार र छठलाई लक्षित गर्दै टेस्लाको आधिकारिक विक्रेता भू-लक्ष्मी ग्रुपले ‘पिक एण्ड ड्रप’को सुविधा दिने भएको छ । टेस्लाको एसी खरिद गर्न चाहाने ग्राहकलाई कम्पनीले घरबाट ल्याउने र पुराउने सेवा दिने भएको हो ।

ग्राहकले एसी खरिदका लागि कम्पनीको आधिकारीक फोन नम्बरमा अडर गरेपछि आवत-जावतका लागि गाडी घरमै पुग्ने छ । कम्पनीले भरतपुरबाट २० किलोमिटरभित्र पर्ने स्थान मुग्लिन, भण्डारा, माडी र कावासतीसम्म पिक एण्ड ड्रप गर्ने छ ।

ग्राहकलाई सम्मान स्वरुप यो योजना नेपालमै पहिलो पटक ल्याइएको अध्यक्ष आचार्यले दाबी गरे । कम्पनीले एसी खरिद गर्न चाहाने ग्राहकलाई घरमै गएर पिक गर्ने र शोरुममा प्रत्यक्ष रुपमा एसीबारे जानकारी दिने छ ।

कम्पनीले स्थापनाको १०औं वर्षको अवसरमा चाडवाड विषेश छुट अवसर अन्तर्गत यो स्किम ल्याएको कम्पनीका अध्यक्ष किरण आचार्यले जानकारी दिए ।

कम्पनीले चाडपर्व विषेश ल्याएको योजनाअनुसार एसी जडान र डेलिभरीमा कुनै पनि शुल्क नलाग्ने पनि जनाएको छ । यो योजनामा टेस्लाको कुनै पनि एसीहरु खरिद गर्न सकिने छ । विदेशमा रही बुवा आमालाई गिफ्ट दिन चाहाने छोरा छोरीको लागि यो सर्वसुलभ सेवा दिन यो बाहार ल्याएको समेत कम्पनीले जनाएको छ ।

टेस्ला एसीमा कम विद्युत खपत, फ्रेस एयर टेक्नोलोजी, एयर पियुरीफाई, स्मार्ट कन्ट्रोल, रियल टाइम एयर क्वालिटी डिस्प्लेसहितको सुविधा रहेका छन् । चीनबाट आयात गरिएको यो एसीमा एक सय २० महिनाको वारेन्टी तथा एक वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधासहित उपलब्ध रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी