Skip to content
LAXMI SUNRISE BANK

केराको मूल्य ३० रुपैयाँले बढ्दा सोमबार १० रुपैयाँले घट्यो तितो करेलाको मूल्य

अर्थ सरोकार

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज केराको मूल्यको मूल्य बढ्दा तितो करेलाको मूल्य घटेको छ । केराको मूल्य ३० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १६० रुपैयाँ र तितो करेलाको मूल्य १० रुपैयाँले घटेर ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, सेतो आलु ५४ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल  ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १५० रुपैयाँ, रातो मुला ३५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ८०, मकै बोडी ७०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १२०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ६०, लौका५०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ७०, झिगुनी ५०, फर्सी पाकेको ५०, भिण्डी २५, पिंडालू ७०, स्कुस २५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १८० र तोरीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ३५०, कन्य च्याउ १५०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली २००, चुकन्दर ७०, रातो बन्दा १८०, जिरीको साग १५०, सेलेरी ६००, पार्सले १५००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १००, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी १२०, हरियो लसुन २५०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन ३२०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १६०, कागती २५०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५५, हाइब्रिड काक्रो ३०, रुख कटहर ८०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, लप्सी ५०, किवि ४०० र आभोकाडो २५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK