काठमाडौं । कृषि विकास बैंकले बाढीपहिरो तथा डुबान पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपैयाँ प्रदान गरेको छ ।
बैंकका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । बैंकले हस्तान्तरण गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको छ ।
बैंक तथा वित्तीय संस्थाको सहयोग रकमबाट बाढीपहिरो पीडितको राहत तथा पुनःस्थापनाको काममा टेवा पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित उद्धार कोषमा रकम जम्मा गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्