काठमाडौँ । अपि पावर कम्पनीको साधारण सभा सम्पन्न भएको छ । गौशालाको होटल क्रिष्टल पशुपतिमा कार्तिक ११ गते बसेको कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको हो ।
वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्षदेखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए। सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०-०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरू सामु छलफल गर्दै पारित गरेको हो।
सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०-०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियम बाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, यस अगाडि घोषणा भएको ९.५१३५ प्रतिशत बाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन।
यस बाहेक सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ। सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए। उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडि बढाइसकेको छ।
यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना (९.७ मेवा) निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। अपि पावर कम्पनी लिमिटेडले सुदूर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना (२८.३ मेवा ) निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ।
त्यस्तै, यस बाहेक अपिको बहुमत लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मेवा) को निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ। सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना सञ्चालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपाने नियुक्त भएका छन् भने महिला सञ्चालकमा सिर्जना खड्का नियुक्त भएकी छिन्। कम्पनीले सभा प्रयोजनका लागि कम्पनीको कार्तिक २ गते एक दिनका लागि सेयरको दर्ता किताब बन्द गरेको थियो। अर्थात आज कार्तिक १ गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्