काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीले ललितपुर महानगरपालिका-२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पुर्याएको छ ।
इमाडोल भइ क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ । दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका-२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र एक करोड ६० लाख रुपैयाँ बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ ।
कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पुर्याएको छ । ‘केही मेसिनहरू पूर्णरूपमा नष्ट भएका छन् भने केही मर्मत हुने सम्भावना न्यून छ । दसैँका लागि बजार पठाउन तयार पारिएका र अन्तिम चरणका अर्डरहरूसमेत बाढीले सखाप बनायो ।’, उनले भने ।
त्यस्तै, कारखानामा २० वर्षदेखि काम गरिरहेकी लक्ष्मी प्रधानले बाढीले पुर्याएको नोक्सानीप्रति दुःख व्यक्त गरेको बताइन् । ‘कोरोनापछि बल्लतल्ल कामले गति लिँदै थियो । बेलैमा काम सकेर दसैँमा घर झापा जाने तयारीमा थिएँ ।’, उनले भनिन्, ‘तर, एकाएक पानी पसेर कारखानाका सबै सामान बर्वाद बनायो ।’
बाढीले इमाडोलमै रहेको अर्काे प्रिन्टिङ प्रेसलाई पनि ठूलो नोक्सान पारेको छ । प्रेस सञ्चालक कृष्णमान श्रेष्ठ भौतिक सम्पत्तिको नोक्सानीले चिन्तित छन् । करिब एक करोड ५० लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सान भएको उनले बताए । ‘यसअघि कहिल्यै यति ठूलो बाढी आएको थिएन । पानीले कारखाना र गोदाममा रहेका सबै सामान काम नलाग्ने बनाइदियो ।’, उनले भने, ‘भाग्यवश घर बग्नबाट भने जोगियो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्