काठमाडौँ । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिंग इनर्जी इफिसेन्सी इन नेपाल (बिइइएन) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रबर्द्धनको लागि समझदारी सम्पन्न भएको छ ।
उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा बिइइएन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंकले दिगो आवास प्रबर्द्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रबर्द्धन गर्न सहयोग पुर्याउने छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्