काठमाडौँ । अवैध रुपमा सुनको कारोबार गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कलकत्ता पश्चिम मेदिनीपुर घर भई काठमाडौँ महानगरपालिका २५ बाङ्गेमुढा बस्ने ३५ वर्षीय प्रशन्जित बेरा र भारत पश्चिम बङ्गाल मेदनापुर जिल्ला समङ थाना घर भई बाङ्गेमुढा बस्ने ३० वर्षीय आनन्द साहु रहेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले आनन्दलाई कात्तिक ७ गते र बेरालाई ८ गते पक्राउ गरेको हो । त्यस्तै, शङ्कास्पद तवरले हिँड्डुल गरिरहेका आनन्दलाई खानतलासी गर्दा बिल बिजक बिनाको ११६.४५ ग्राम सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको हो ।
साथै, निजलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त सुन बेराको भएको भन्ने सूचना प्राप्त भएपश्चात निज प्रशन्जित बेरालाईसमेत प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूको थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्