×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हंस बहुउद्देश्यीय सहकारीद्वारा विजयनगरमा निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हंस बहुउद्देश्यीय सहकारीद्वारा विजयनगरमा निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न 

२१ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले २१औं वार्षिक साधारणसभाको अवसरमा विजयनगरस्थित तथास्तु पार्टी प्यालेसमा निःशुल्क दन्त परिक्षण तथा उपचार कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विजयनगर सेवा केन्द्र अन्तर्गतका सेयर सदस्य र स्थानीय बासिन्दालाई लक्षित गरी दन्त सेवा प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले सहकारी संस्था आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने भएकाले यो निःशुल्क दन्त परिक्षण कार्यक्रमले समाजप्रति संस्थाको चासो झल्काएको बताए । उनले सहकारीले सामाजिक सेवामा थप योगदान दिने योजना रहेको उल्लेख गरे ।

त्यस्तै, चितवन हिमाल डेन्टल प्रा.लि. का व्यवस्थापक जयराम जोशीले सहकारीको यो प्रयासलाई प्रशंसा गर्दै आफ्नो क्लिनिकले हंस बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरूलाई दाँत उपचार सेवामा २० प्रतिशत छुट प्रदान गर्दै आइरहेको बताए ।

कार्यक्रममा १७२ जनाको दन्त परिक्षण गरिएको थियो । जसमध्ये ५२ जनाको दाँतको एक्सरे, ३२ जनाको दाँत सफा, ४० जनाको बिग्रिएको दाँत निकालिएको र २५ जनाको दाँत भरेर उपचार गरिएको हंस बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा डा. मिरु श्रेष्ठ, विजयनगर सेवा केन्द्रका प्रमुख श्रीकृष्ण श्रेष्ठ, व्यवस्थापन उपसमितिका सदस्यहरू विष्णु भट्ट, ईश्वरी देवी अधिकारी, शकर अधिकारी, रमा ढुङ्गाना र संस्थाका लेखा शाखा प्रमुख नविना अधिकारीको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी