काठमाडौँ । आइएमई ग्रुपले प्रधानमन्त्री उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैँक, आइएमई ग्रुप र आवद्ध कम्पनीका तर्फबाट पाँच करोड रुपैयाँ रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा ग्लोबल आइएमई बैँक, आइएमई ग्रुप र आवद्ध कम्पनीका तर्फबाट ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका छन् ।
उक्त रकम हालै गएको बाढीपहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो । चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष ढकालले आउने दिनमा अझ सहयोगलाई बढाउँदै जाने बताएका छन् । उनले आईएमई ग्रुप विपद्मा सरकारको साथमा रहेको समेत उल्लेख गरेका छन् ।
त्यस्तै, सो अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्मा सबैजना मिलेर पीडितको सहयोग गर्नुपर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्