काठमाडौँ । सारेगमप लिल च्याम्प्स २ को भोटिङ खल्तीबाट सजिलै गर्न सकिने भएको छ। विभिन्न युवा मैत्री मनोरञ्जन र सोहरूमा टिकटिङ र भोटिङमा अग्रणी रहेको ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको हो ।
यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एप मार्फत सजिलै भोट गर्न सक्नेछन्। बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको फ्रेन्चाइज हो ।
त्यस्तै, पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शो को एक महत्त्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स’ को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेस फोके र डोको प्लेटफर्म मार्फत प्रसारण हुने जनाइएको छ । यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहनु हुने घोषणा गरिएको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस साझेदारीमा खुसी व्यक्त गर्दै भने, ‘हामीले हाल सम्म सयौँ कार्यक्रमहरूको लागि खल्ती भोटिङ प्ल्याटफर्म प्रदान गर्दै आइरहेका छौँ। यसै अनुरूप हामीले सारेगमप सँगको यस सहकार्यमा ‘सारेगमप लिल च्याम्प्स सिजन २’ मा भोटिङ सुविधा उपलब्ध गराउन पाउँदा निकै खुसी छौँ। अब खल्ती प्रयोगकर्ताहरूले आफू जहाँ भए पनि आफ्नो मन पर्ने प्रतिभालाई खल्तीबाट सजिलै भोट गर्न सक्नेछन् । आगामी दिनमा हामी अझ धेरै भन्दा धेरै सो र कार्यक्रमहरूलाई यो प्ल्याटफर्मको सुविधा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौँ ।’
खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख एजेन्ट, ६० हजार मर्चेन्ट व्यवसायी, ५५ बैंक तथा वित्तीय संस्था, १५ सय सहकारी र ३००ं कर्मचारीको परिवारमा रूपान्तरण भएको छ।
सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्