काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तररास्ट्रिय ब्राण्ड एलजीले दशै तिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुशीको पल’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकवर्गहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन् ।
एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशत सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर भन्दा माथि) को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् । सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुशोत्तम भण्डारी भन्छन्, ‘हामी नेपाली उपभोक्ताहरुलाई हाम्रो एलजी उत्पादनहरु मार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधैँ प्रतिबद्ध छौं, यस पर्वको अवसरमा, हामीले एलजी संग खुशीको पल अभियान मार्फत नेपाली परिवारहरुको खुशीयालीमा थप उत्साह भर्न चाहेका छौं ।’
साथै, शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ । यो योजना भाद्र २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिको लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्