×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक बन्यो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंक बन्यो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक

२३ आश्विन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको हो ।

यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

यस सुविधा थप गरेसँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने र यसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिने बैंकले जनाएको छ ।

यो सेवाले प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रक्रियाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाईन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड ९ओटीपी० प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ ।

यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयनहुने विश्वास समेत बैंकले लिएको छ ।

थ्रिडी सुविधामा के–के फाइदा ?

बैंकले जनाएअनुसार यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइनमार्फत हुने ठगीबाट बच्न सकिनेछ । ग्राहकहरुको वित्तीयजानकारी सुरक्षित हुने साथै अनाधिकृत पँहुचबाट सुरक्षितहुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्ने जनाइएको छ ।

रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुने बैंकले जनाएको छ । यसैगरी, विश्वभर रहेकाहजारौँइ­कमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथाक्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्ने जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी