काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डमा मालवाहक सवारी चलाउन रोक लगाउनेबारे छलफल भइरहेको छ । यात्रुवाहक सवारीको चाप बढेकाले अत्यावश्यक सामाग्री बोकेका बाहेक ठुला मालवाहक सवारी चलाउन रोक लगाउने बारे छलफल भएको हो ।
असोज ११ र १२ गते परेको अविरल झरीका कारण आएको बाढी पहिरोले सडक अवरुद्द भएको छ ।
चाडबाडमा गाउँ जाने यात्रुको चाप बढेको हुँदा यात्रुवाहक सवारी चल्ने समयमा मालवाहक सवारी चल्न रोक लगाइ उपयुक्त समय निर्धारण गरी मालवाहक सवारी चल्न दिइने यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोख्रेलले बताएका छन् । उनले भने, ‘अत्यावश्यक खाद्यान्न बोकेका ठुला सवारी बाहेक अरुलाई रोक्ने छलफल भईरहेको छ । उपयुक्त समय निर्धारण गरेर मालवाहक सवारी चलाउन दिनेछौं ।’
त्यस्तै, तत्काल अत्यावश्यक बाहेक यात्रा नगर्नसमेत आग्रह गरिरहेको उनले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्