काठमाडौँ । दशैँ नजिकिएसँगै ललितपुरको गुसिङगलमा दुर्गाको मूर्ति बनाउन व्यस्त देखिन्छ ५८ वर्षीय बिकाउ पण्डित । उनीसँगै काम गर्ने अन्य कलिगण पनि व्यस्त छन् । ४१ वर्ष देखि मूर्ति बनाउन थालेका पण्डित अहिले पनि उस्तै फुर्तीका साथ काम गरी रहेको देखिन्छ ।
दशैँमा दुर्गा, गणेश, कुमार र सरस्वतीको पूजा गर्ने प्रचलन रहेको हुनाले विभिन्न ठाउँबाट आएका अर्डरका मूर्ति बनाउन उनी सँगै अन्य कालिगणहरु व्यस्त छन् ।घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको पूजा आराधना गरिने हुँदा उनीहरू निकै व्यस्त छन् ।
दशैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन जताततै बढेको कारण हाम्रो काम पनि बढेको पण्डित बताउँछन् । मूर्तिको आकार र सेट अनुसार जसमा (दुर्गा, गणेश, कुमार र सरस्वती) मूर्ति हुने मूल्य ६० हजार देखि ७० हजार सम्म बिक्री हुने पण्डित बताए ।
घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । त्यसपछि दशमीको दिन दुर्गा भवानीको मूर्तिलाई नजिकैको नदीमा लगेर विसर्जन गरिन्छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्