×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार २५.८८ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबार २५.८८ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

६ कार्तिक २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ अंकले बढेको हो ।

नेप्सेमा कुल ३ सय १४ कम्पनीको एक करोड ९ लाख ६२ हजार २ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्बमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख ४१ हजार ४ सय ६४. २० रुपैयाँ बराबरको कारोबार भएको छ ।

HIGHLIGHTS आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, विन नेपाल लघुवित्त वित्तीय  संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी