Skip to content
LAXMI SUNRISE BANK

विश्व लगानीकर्ता सप्ताह: एनआईसी एशिया क्यापिटलद्वारा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह-२०२४’ को अवसरमा  लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले कार्तिक ९ गते विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गर्दै अमरगडी ५, डडेल्धुरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक सेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारी किशोर भट्टले समेत सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरु र उक्त सेवा के कसरी सुरक्षित रुपमा लिन सकिन्छ भन्ने लगायत पछिल्लो समय कारोबार भएका सेयर राफसाफ गर्दा आएको समस्याहरुको सम्बन्धमा जानकारी तथा छलफल गरिएको थियो ।

साथै उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहान ११ः४५ बजेदेखि दिनको १ः१५ बजेसम्म विद्यार्थीहरुको लागि गरिएको र सो कार्यक्रममा ५५ जना भन्दा बढी युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । दोश्रो चरणमा दिनको ३ः०० बजेदेखि ४ः४५ बजेसम्म विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुको लागि गरिएकोमा उक्त कार्यक्रममा ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK