Skip to content
LAXMI SUNRISE BANK

सर्वाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक, आम उपभोक्ताको मन जित्न सफल

अर्थ सरोकार

काठमाडौँ । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्राण्ड प्रति सर्वाधिक सन्तुष्ट ग्राहकहरू नथिङले प्राप्त गर्न सफल भएको हो ।

ब्लोटवेयर फ्रि क्लिन अपरेटिङ् सिस्टमका लागि टेक कम्युनिटीले मुक्त कण्ठले प्रशंसा पाउने नथिङले आफ्नो तेश्रो जेनेरेसनको अपरेटिङ सिस्टम नथिङ ओएस ३ अक्टुबरमा रोल आउट गर्ने घोषणा हालै गरेको छ । नथिङले आफ्नो नयाँ बड्स नथिङ इअर ओपनको गत अक्टुवर २६ मा लण्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटिङ सिस्टमको समेत जानकारी दिएको हो । स्मार्टफोन तथा एक्सेसोरिज्का क्षेत्रमा रिभुलेसनरी डिजाइन, एक्सिलेन्ट परफरमेन्स र एफोर्डेबल प्राईसिङ्का माध्यमबाट आम उपभोक्ताको मन हर्न सफल भएको नथिङ नेपाली बजारमा चौधरी समूहले आयात तथा बिक्री वितरण गर्दै आएको छ । 

नेपाली बजारमा नथिङले अतुलनीय बिक्री पश्चातको सेवा प्रदान गर्ने नीति लिएको छ । नथिङका स्मार्टफोन तथा एक्सेसोरीज्मा कुनैपनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ । यि र यस्तै सेवाग्राही प्रतिको उच्च प्रतिबद्धताका कारण ग्राहक सन्तुष्टिमा नथिङ सर्बोत्कृष्ट ब्राण्ड बन्न सफल भएको विज्ञहरुको प्रतिक्रिया रहेको छ ।   

हाल नेपाली बजारमा नथिङ तथा नथिङको सब ब्राण्ड सिएमएफ बाइ नथिङका स्मार्टफोन तथा एक्सेसोरीजहरु सर्बत्र उपलब्ध छन् । भारतीय बजारसँग प्रतिस्पर्धा गर्ने मूल्य, उत्कृष्ट फिचर र सर्वोत्कृष्ट बिक्री पश्चातको सेवाले नथिङ नेपाली बजारमा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । ‘नेपाली बजारमा नथिङले निरन्तर राम्रो परिणाम दिलाउन सफल हुँदै आएको छ । नथिङका लागि नेपाली आयातकर्ता सीजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘ग्राहक सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो, यसमा हामी सदैव अगाडि रहनेछौँ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK