काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्रा पार्टी (रास्वपा) का समर्थक र प्रहरीबीच धकेलाधकेलको स्थिति सृजना भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल भएको हो ।
रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा पोखराको सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले धरपकड गरेको भन्दै रास्वपाका समर्थकहरु आक्रोसित भएका हुन् । आहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।