काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले दुई दिने लगानी तथा जनचेतनामूलक तालिम सम्पन्न गरेको छ । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटलले धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई कात्तिक ८ र कात्तिक ९ गतेका दिन जनचेतनामूलक तालिम सम्पन्न गरेको हो ।
दुई कलेजमा करिब ९० जना विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका हुन् ।
कार्यक्रममा पुँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पूर्व ध्यान दिनु पर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरणहरू तथा लगानी विविधीकरणका जस्ता विषयमा छलफल भएको थियो । साथै, लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आईपीओ भर्दा पुर्याउनु पर्ने सजगताका बारेमा बताए । पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिम सम्बन्धी विषयहरू पनि समेटेका थिए ।
त्यस्तै, कार्यक्रमका सहभागी सदस्यहरूले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण, र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता विषयमा विस्तृत ढङ्गले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको जनाएका छन् ।
प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समयसमयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसनको आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रिय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्