काठमाडौँ । हालै नेपालमा आएको विनाशकारी बाढी र पहिरोले हजारौंलाई प्रभावित पारेको छ । जनधनको ठूलो क्षति भएका यस विपद्का पीडितहरूको सहयोगका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूले सहयोग जुटाइरहेका छन् ।
यसैबीच भारतीय कम्पनी एलआईसी नेपाल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, र द ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा योगदान गरेका छन् ।
यी तीन ठूला भारतीय कम्पनीहरूले आपसमा सहकार्य गर्दै बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि महत्वपूर्ण आर्थिक सहयोग उपलब्ध गराएका हुन् । राहतकोषमा आएको यो योगदानले पीडितहरूको तत्कालीन आवश्यकताहरू पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रधानमन्त्री राहत कोषले नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपहरूबाट पीडित व्यक्तिहरूको जीवन पुनःनिर्माणका लागि आवश्यक सहयोग पु¥याउने भूमिका खेलिरहेको छ । भारतीय कम्पनीहरूको यो पहलले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्