काठमाडौँ । भारत सरकारले नेपालमा बाढी पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामाग्री सहयोग गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
सहयोगको पहिलो चरणमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानविय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याइएको थियो ।
पहिलो चरणको सहयोग सामाग्री हस्तान्तरण गर्दै भारत सरकार अन्य अत्यावश्यक सरसफाई सामाग्री तथा औषधीका साथै अन्य राहत सामाग्री पनि छिट्टै उपलब्ध गराउने भारतीय राजदूतावासले जनाएको छ ।
२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको र बाह्य मुलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद् राहत अभियान सञ्चालन गरेको भारतीय दूतावासले जनाएको छ । दूतावासका अनुसार २०८० साल कार्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि भारत सरकारले नेपालमा राहत सामाग्री सहयोग गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्