काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता सेयर खरिद हुँदा ४ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनी ३२ करोड ६४ लाख ८५ हजार ६ सय १८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका सेयर लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, नेपाल एसबीआइ बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्