×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शिखर इन्स्योरेन्सको सीईओमा दिप प्रकाश पाण्डे पुन: नियुक्त

https://arthasarokar.com/wp-content/themes/arthasarokar/assets/img/arthasarokar-icon-circle.png">

४ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे पुन:नियुक्त भएका छन् । इन्स्योरेन्सको कार्तिक १ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई सीईओमा पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । पाण्डे विगत २० वर्षदेखि कम्पनीको सीईओ छन् ।

उनीसँग बीमा क्षेत्रमा तीन दशक लामो कार्य अनुभव छ । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी