काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नेपालगञ्जको आयोजनामा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ । कात्तिक ९ र १० गते दुई दिन सम्म चलेको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाहरूका ३० जना ग्रामीण उद्यम कर्जा हेर्ने फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै शाखा प्रबन्धक विशाल कुमार तुलाधरले सहकारीले समुदाय स्तरमा रहेका ग्रामीण उद्यम परियोजना सञ्चालन गर्न विपन्न तथा साना किसानलाई प्रोत्साहन गर्नुपर्ने, सञ्चालनमा रहेका परियोजनामा सहुलियत कर्जा सुविधा प्रदान गरी व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग गर्न सके ग्रामीण समुदाय, विपन्न बर्ग र साना किसानको आर्थिक अवस्था सुधार हुने कुरा व्यक्त गरेका छन् ।
तालिममा बरिष्ठ अधिकृत राम जनक चौधरीले ग्रामीण उद्यम कर्जाको परिचय, उद्देश्य, आवश्यक प्रक्रिया र प्रभावकारी व्यवसायिक योजनाले मात्र व्यवसाय सफल हुने बताएका छन् । साथै, कर्जा विश्लेषणको प्रक्रिया र यसले कर्जाको गुणस्तरमा पार्ने सकारात्मक प्रभावका बारेमा कक्षा सञ्चालन गरेका थिए । तालिमका सहजकर्ता साना किसान कृषि सहकारी संस्था, उरहरीका प्रबन्धक अनुज केसीले ग्रामीण उद्यम कर्जा व्यवस्थापनमा आफ्नो अनुभव सुनाउँदै ग्रामीण उद्यम कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, आफ्नो संस्थामा हाल सम्म आरइएफको भाखा ननाघेको, यस्तो कर्जा लगानी गर्दा धितो मूल्याकंन, लगानी पूर्वको प्रभावकारी विश्लेषण, व्यवसायी सदस्यको आय व्ययको वास्तविक अवस्था हेरेर सदस्यको घर परिवारसँगै बसेर सदस्यले गर्न लागेको व्यवसायको व्यवसायिक योजना समेत बनाइने र आवश्यकता अनुसार मात्र कर्जा प्रवाह हुने हुँदा ग्रामीण उद्यम कर्जाको गुणस्तर उच्च रहने जनाएका छन् ।
यस्तै, सहजकर्ता भिष्मलाल चौधरी र राजन थापाले सदस्यको व्यवसाय स्थापना गर्दाको समय देखि पूर्ण रुपमा सञ्चालन नभएसम्म सदस्यसँग नियमित भेटघाट गर्ने, हौसला प्रदान गर्ने, व्यवसायिक रुपमा यस्ता परियोजना गरिरहेका सदस्यहरू कार्यक्षेत्रमा प्रशस्त रहेको, कतिपय उच्च सम्भावना बोकेका परम्परागत रुपमा व्यवसाय गरिरहेका सदस्यहरू लाई प्रोत्साहन गरी व्यवसायिक रुपमा काम गर्नको लागि सहयोग गर्नुपर्ने उल्लेख गरे । साथै, अन्य कर्जाहरू लगानी गर्दा समेत ग्रामीण उद्यम कर्जा लगानीकै प्रक्रिया अवलम्बन गरेको र यसले कर्जाको गुणस्तरमा सुधार ल्याएको बताए ।
तालिमको समापन समारोहमा बोल्दै शाखा प्रबन्धक विशाल कुमार तुलाधरले एसियाली विकास बैंक जस्तो अन्तराष्ट्रिय संगठनले विश्वास गरेर यस्तो परियोजना साना किसानलाई सुम्पिएको हुँदा यसलाई सफल बनाउने जिम्मेवारी र दायित्व हाम्रै रहेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्र तालिम तथा कार्यक्रमको अर्थ हुने हुँदा सहभागिहरुले लिएको लक्ष्य पुरा गर्न शाखा कार्यालयले जुनसुकै किसिमको सहयोग गर्न तयार रहेकोले आफुले लिएको लक्ष्य र गरेको प्रतिबद्वता पुरा गर्नको लागि शुभकामना दिएका छन् ।
आर्थिक वर्ष २०८१-८२ को लागि साना किसानलाई व्यवसायिक रुपमा प्रबद्र्वन गर्दै ग्रामीण उद्यम व्यवसायको खोजि गर्ने, परम्परागत रुपमा रहेका व्यवसायलाई व्यवसायिक रुपमा प्रबद्धन गर्ने, हरेक महिना प्रविधिको प्रयोग गर्दै भच्र्युअल मिटिङ गरी मासिक रुपमा भएको प्रगति काम गर्दा देखिएका समस्या माथि छलफल गर्दै साना किसानलाई उद्यमी बन्न पूर्ण रुपमा प्रेरित गर्ने र आफुले लिएको लक्ष्य सत प्रतिशत पुरा गर्ने प्रतिवद्वता सहित लालिम सम्पन्न भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्