×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० रुपैयाँले घट्यो कागतीको मूल्य, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२० रुपैयाँले घट्यो कागतीको मूल्य, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Artha Sarokar

११ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबाका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कागती मूल्य घटेको छ । कागतीको मूल्य २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा १०० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ७० रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १०२ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ४० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी ८०, मकै बोडी ६०, घिउ सिमी लोकल ९०, टाटे सिमी ८०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ६०, भिण्डी ८०, सखरखण्ड ८०, बरेला ७०, पिंडालू ७०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० र तोरीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १५०, तरुल १००, कन्य च्याउ १३०, डल्ले च्याउ २५०, राजा च्याउ २८०, कुरिलो १०००, न्युरो ९०, ब्रोकाउली १५०, चुकन्दर ८०, जिरीको साग १८०, सेलेरी ९००, पार्सले २०००, पुदिना ८००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १६०, खुर्सानी हरियो (अकबरे) २७०, भेडे खुर्सानी १८०, हरियो लसुन २८०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २५०, लसुन सुकेको नेपाली ३००, छ्यापी सुकेको १४० र छ्यापी हरियो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) २८०, केरा (दर्जन) १४०, कागती १६०, अनार ४५०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ४०, निबुवा ४०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ५०, लप्सी ५०, शरीफा ५०, किवि २००, आभोकाडो २३० र अमला ६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी