काठमाडौँ । सरकारले एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । ठेक्का पाएको काम सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन बढी निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्ने कम्पनीहरुको लिस्टमा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन पनि उल्लेख छ । तामाङ नेपाली काँग्रेसका नेता हुन् ।
कान्छाराम कन्सट्रक्सनसहित एन.बी कन्स्ट्रक्सन, कञ्चनजंघा कन्स्ट्रक्सन र बिरुवा कन्स्ट्रक्सनलाई दुई वर्षसम्म कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।
त्यस्तै, बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी. निर्माण सेवा प्रालि पोखरा, गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा, जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका कुल १३ मध्ये दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।
ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्