काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महासङ्घको सचिवालयमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवर्द्धनको लागि अन्तरनिकाय समन्वय’ विषयको अन्तरक्रिया अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्डनै देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सबल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका थिए ।
ढकालले विगत केही वर्षदेखि निजी क्षेत्र र सरकारको समेत चासोको रुपमा रहेको लगानी प्रबर्द्धन सम्बन्धी विषयले समग्र कर प्रशासनलाई झकझकाइ यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा, यो मुद्दाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।
उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र सङ्कलन मात्र हैन करदाताको मनोबल बढाई व्यवसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिइएमा राजस्व सङ्कलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए ।
अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने बित्तिकै त्यसको प्रतक्ष्य सम्बन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले लक्षित राजस्व सङ्कलनको लागि उद्योगधन्दा, व्यवसायजन्य कृयाकलापहरू सुव्यवस्थित ढङ्गले सञ्चालन भएको हुनु पर्नेमा जोड दिए । यसको लागि व्यवसायमैत्री वातावरण निर्माणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्वद्ध सबै सरकारी निकायहरूको एकीकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए ।
आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरू उपस्थित हुनु भएको उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत सङ्घ र उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्