काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिने ‘इम्प्लोइ स्किल इन्हान्समेन्ट वर्कसप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागिय प्रमुख तथा देशैभरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको उद्धघाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्बेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्याउन आ-आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेबारी वहन गर्नुपर्नमा जोड दिईन् ।
कार्यक्रममा देशैभरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जनलाई सम्मान तथा पुरस्कृत प्रदान गरिएको थियो ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा संचालन गरिएको थियो सो परिक्षाबाट प्रथम द्धित्तिय र तृत्तिय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रविण कुमार शर्मा, काठमाडौँ शाखाबाट चक्र प्रसाद जोशी र केन्द्रिय कार्यालयबाट दिपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कार सहित सम्मान गरेका थिए ।
यसैगरी, सो सम्मेलनमा पुरुष तर्फ फुटसल र महिला तर्फ म्यूजिकल चेयर जस्ता विविध खेलहरु पनि आयोजना गरिएको थियो जस अन्तर्गत फुटसल तर्फ प्रथम द्धित्तिय तृत्तिय हुने क्रमश कोशी प्रदेश, केन्द्रिय कार्यालय र बागमती प्रदेश तथा म्यूजिकल चेयर तर्फ प्रथम द्धित्तिय तृत्तिय हने क्रमश पवित्रा लुंगेली सिन्धुली, सविना भट्टराई किर्तिपुर र अप्सरा खत्री गाईघाटलाई पनि प्रमुुख कार्यकारी अधिकृतज्यूले कप तथा मेडल प्रदान गर्नुभएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्