×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा क्यापिटलले ‘गरिमा समृद्धि योजना’ निष्काशन गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गरिमा क्यापिटलले ‘गरिमा समृद्धि योजना’ निष्काशन गर्ने

Artha Sarokar

६ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा ‘गरिमा समृद्धि योजना’ सार्वजनिक हुने भएको छ । उक्त योजना निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले २०८१ मङ्सिर ०५ गते स्वीकृति प्रदान गरेको थियो । 

बोर्डको स्वीकृति अनुसार अब छिट्टै नै सार्वजनिक रुपमा निष्कासन हुन लागेको गरिमा समृद्धि योजनाको आकार एक अर्ब रहेको छ । कम्पनीले प्रति इकाई १० रुपैयाँ अङ्कित मूल्यमा १० करोड इकाई निष्कासन गर्न लागेको हो । 

कुल निष्कासन मध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई सङ्ख्या पाँच करोड र कुल निष्कासन मध्ये अधिकतम सकारिने इकाई सङ्ख्या १२ करोड ५० लाख रहेको छ । त्यस्तै, योजनाको अवधि १० वर्ष रहेको क्यापिटलले जनाएको छ ।  

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा, डिम्याट तथा मेरो सेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी