काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कार्तिक २१ गतेबाट संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा दिन सकिनेछ ।
आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ भने सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने सुचनामा उल्लेख छ ।
उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्