काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयान सकेर पोखरा पठाउने तयारी गरिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानमा रहेका रविको बिहीबार भैरहवामा बयान सकेर बिहीबार नै पोखरा पठाउने तयारी गरिएको हो ।
हाल रविको सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार भैरहवा ल्याइएका रविसँग बुधबारदेखि लिखित बयान लिन सुरु गरिएको हो । बुधबार १० घण्टा र बिहीबारसमेत गरी रविसँग ७० बढी लिखित प्रश्न सोधिएको प्रहरीले जनाएको छ । बयान सक्ने बित्तिकै रविलाई बिहीबार अपराह्न ४ः४० बजेको फ्लाइटमा पोखरा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
सरकारी वकिलको कार्यालयमा दिएको मौखिक र लिखित दुवै बयानका क्रममा रविले सहकारीमा भएको रकम अपचलनमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेको प्रहरीले प्रहरीले जनाएको छ ।