काठमाडौँ । शुक्रबार काठमाडौँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । दुर्गा प्रसाईं समूह र नेकपा एमालेको आन्दोलनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
एमालेले आजको आन्दोलनलाई वर्तमान सरकारले गरेको कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले आयोजना गरिएको जागरण सभा भनेको छ । तर, यो सभालाई शक्ति प्रदर्शनका रुपमा हेरिएको छ ।
यता दुर्गा प्रसाईं समूहले भने शुक्रबारको आन्दोलनलाई मुक्तिको आन्दोलन भनेको छ । प्रसाईं समूहको आन्दोलन कोटेश्वर क्षेत्रमा हुने भनिएको छ भने एमालेको जनसभा दरबारमार्गमा हुने बताइएको छ ।
यी दुवै आन्दोलनलाई लक्षित गर्दै शुक्रबार बिहानैदेखि काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शन स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने भीड नियन्त्रण गर्न प्रयोग गरिने पानीको फोहोरा हान्ने ‘वाटर ट्यांक’ र एम्बुलेन्स स्ट्याण्डबाई अवस्थामा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्