×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार एक अर्ब नाघ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ व्यवस्थित लगानी योजनाको आकार एक अर्ब नाघ्यो

Artha Sarokar

२ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना (सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम) को आकार रु. १ अर्ब नाघेको छ ।

उक्त योजना २०७८ असार १६ गते बाट रु. २० करोडको आकारबाट सुरु भएको थियो । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना ( सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान -एसआइपी) मा हाल करिब १९,००० इकाईधनीहरु आवद्ध रहेका छन् । अश्विन मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ती मुल्य (न्याभ) रु.११.३० रहेको छ ।

व्यवस्थित लगानी योजनामा लाभांश पुनःलागनी हुने, सजिलै खरिद बिक्री हुने, इकाईको खरीद तथा बिक्री खुद सम्पत्ति मुल्यमा हुने जस्ता विशेषताहरु रहेको छन् ।

लगानीकर्ताहरुले यस योजनाको इकाईहरु सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेडको सम्पर्क कार्यालयहरु (विराटनगर, विरगंज, भरतपुर, पोखरा र नेपालगञ्ज), सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयहरु तथा सिद्धार्थ क्यापिटल लिमिटेडको वेवसाइटबाट इकाई खुद सम्पत्ती मूल्यमा खरीद/बिक्री गर्न सकिनेछ र एसआइपीमा समेत आवद्ध हुन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी