×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीभीएसको बाइक खरिद गर्दा उतीम लाल साहले जिते १० लाख रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टीभीएसको बाइक खरिद गर्दा उतीम लाल साहले जिते १० लाख रुपैयाँ

Artha Sarokar

२१ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५ हजार जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि रु. ५ हजार र खरिद पश्चात रु १० लाख जित्न सफल भएका हुन् ।

साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले रु ५ लाख ५ हजार जित्न सफल भएका छन् । उनले खरिदअघि ५ हजार र खरिद पश्चात ५ लाख जित्न सफल भएका हुन् ।

त्यस्तै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५०% क्यासब्याक र खरिदअघि रु. ५,००० जित्न सफल भएको जानकारी दिइएको छ । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५% क्याशब्याक र खरिदअघि रु. ५,००० जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हाल सम्म २ जनाले नगद रु. १ लाख, ४ जनाले नगद रु. ५० हजार, १० जनाले नगद रु. २५ हजार, १५ जनाले नगद रु. १५ हजार र १८ जनाले नगद रु. ५ हजार जित्न सफल भइसकेका छन् ।

टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी