काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नं.८, सरमुजवा टोलमा रहेको केन्द्र नं. ४६ कि सदस्य रामसखिया देवीको श्रीमान् जंगली मुखीया बीनको मृत्यू पश्चात निज सदस्यलाई लघुवित्तले बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
सदस्य रामसखीया देवीले संस्थाबाट दुई लाख कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ४१ हजार ५ सय ७३.२० रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम ६६ हजार ५ सय ७३. ५७ निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले जानकारी दिए ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहा तथा कर्मचारी एकवाल शर्मा र सो केन्द्रका केन्द्र संचालक गोपाल कुमार यादव, परमान्नद सहनीको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्