Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोही अन्तर्गत महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्धारा रोटरी क्लब अफ ठमेल काठमाडौँ र रोट्रयाक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना ‘परियोजना न्यानो’ अन्तर्गत पौष १३ गते ईश्वरपुर नगरपालिका वडा न. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरु वितरण गर्न आर्थिक सहयोग गरेको छ ।

त्यसैगरी, बैंकको राजापुर शाखाद्वारा मङ्सिर २२ गते देखी मङ्सिर २९ गतेसम्म धार्मिक सप्ताह श्रीमद् भागवत ज्ञानमहायज्ञ संचालन भएकोमा अमर शहिद बहुमुखी क्याम्पससँगको सहकार्यमा उक्त अवधिभर जथाभावी भएको फोहोर संकलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा फोहोरमैलाहरु व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ ।

राजदेवी साङ्गितिक समुह, कलैया बाराले कलैया उपमहानगरपालिका, वडा न. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यत्रममा आवश्यक पर्ने फलफुल, जुस, साउण्ड सिष्टम, मिठाई लगायतका सामाग्रीहरु खरिद गर्न बैंकले आर्थिक सहयोग गरेको छ ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK