×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यु इयर अफरः ९१ नम्बर ब्रोकरमा डिम्याट र मेरो सेयर खाताको नविकरण आजीवन निःशुल्क

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

न्यु इयर अफरः ९१ नम्बर ब्रोकरमा डिम्याट र मेरो सेयर खाताको नविकरण आजीवन निःशुल्क

Artha Sarokar

१५ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अँग्रेजी नयाँ वर्षको अवसरमा सिबिआइएल सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ९१) ले बम्पर अफर घोषणा गरेको छ । ब्रोकरले अँग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा डिम्याट र मेरो सेयर खाताको नविकरण आजीवन निःशुल्क गर्ने घोषणा गरेको हो ।

उक्त अफर नयाँ डिम्याट खाता खोल्नेहरुका लागि भएको ब्रोकरले जनाएको छ ।

अफर सुनिश्चित गर्नका लागि अँग्रेजी नयाँ वर्ष २०२५ जनवरी १ देखि ३१ भित्र सिबिआइएल सेक्युरिजिट (ब्रोकर नम्बर ९१)मा डिम्याट खाता खोल्नुपर्ने कम्पनीले जनाएको छ । साथै उक्त सुविधा लिनका लागि ग्राहकले अनिवार्य रुपमा टिएमएस एकाउन्ट पनि सोही ब्रोकरमा खोल्नुपर्नेछ ।

सेयर बजारमा लगानीकर्ताको सहभागिता बढाउन र लगानीको वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक आजीवन समयका लागि डिम्याट र मेरो सेयर नविकरण निःशुल्क सुविधा ल्याएको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी