×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको २२औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ बैंकको २२औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

Artha Sarokar

१० पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ बैंकको २२औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले आफ्नो स्थापना कालको २२ औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत नायब प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको हो ।

बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।

त्यस्तै, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२औं वार्षिकोत्सव अफर’ ल्याएको छ । यस अफर सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सक्नेछन् ।

यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरु काठमाडौँ  र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै ग्राहकहरु एवं स्थानीयवासीहरु गरी १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो ।  देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी